• २० पुस २०८१, शनिबार

माओवादी केन्द्रको बैठक : ७४ जनाले धारणा राख्नेक्रम सकियो

blog

नेकपा (माओवादी केन्द्र) केन्द्रको केन्द्रीय समिति बैठक ।

काठमाडौं, साउन १८ गते। नेकपा (माओवादी केन्द्र) केन्द्रको बुधबारदेखि सुरु भएको केन्द्रीय समितिको चौंथो पूर्ण बैठकमा ७४ जना केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सकिएको छ। 

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बिहीबारको बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महरासहित ५६ जनाले आफ्नो धारणा राखेको जानकारी दिनुभयो।  

महराले भन्नुभयो, “केन्द्रीय समितिको बैठक आज पनि जारी रह्यो। ११ बजेदेखि ५ बजेसम्म सम्पन्न भयो। आज ५६ जना केन्द्रीय सदस्यले बोल्ने क्रम सकियो। अरु बाँकी छ।”

बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभार शीर्षकको राजनीतिक एवम् संगठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राख्नुभएको हो।

नेता अग्निप्रसाद सापकोटाले भन्नुभयो, “अध्यक्षले प्रस्तुत गरेको प्रस्तावमा सबैको नै सहमति छ। आफ्नो धारणा राख्नेक्रम जारी छ। सम्भवतः २२ गते निष्कर्ष निस्कन्छ।” विचार, राजनीति, संगठन, अभियान लगायतका विषयमा छलफल भएको उहाँको भनाइ छ। 

महराले प्रज्ञा भवनमा जारी माओवादी केन्द्रीको बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्ने जानकारी दिनुभयो।