राजु लामिछाने
रुकुम पश्चिम, साउन १४ गते । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ७ को बाँसथलामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
आइतबार दिउँसो घारीखोलामा पहिरो खस्दा घाँस काटिरहेका स्थानीय ४४ वर्षीय कालीबहादुर खड्का र ४५ वर्षीया धनमाया खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोमा परेर स्थानकी ४२ वर्षीया बालकुमारी खत्री घाइते हुनुभएको छ । उहाँलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याइएको छ ।