• १३ साउन २०८१, आइतबार

कोशी सरकार गठनका लागि आह्वान

blog

प्रदेश प्रमुख परशुराम खापुङ ।

गोकुल पराजुली
विराटनगर, साउन १२ गते ।
प्रदेश प्रमुखको कार्यालयले कोशी प्रदेश सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेको छ । प्रदेश प्रमुख परशुराम खापुङले आज (शुक्रबार) सूचना प्रकाशन गरी साउन १६ गते अपराह्न ५ बजेभित्र दुई वा दुईभन्दा बढी दलको समर्थन हुने गरी दाबी पेश गर्न आह्वान गर्नुभएको हो ।

सर्वोच्च अदालतले बिहीबार कोशी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्ति तथा सरकार गठन सन्दर्भमा सर्वोच्च अदालतको आदेश बमोजिम प्रदेश प्रमुखको कार्यालयले सरकार गठनका लागि औपचारिक आह्वान गरेको सूचनामा उल्लेख छ ।

सूचनामा सर्वोच्चको पूर्ण इजलासबाट भएको आदेश बमोजिम जुन बिन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटि भएको हो सोही अवस्थाबाट संविधानसम्मत तवरले प्रक्रिया अगाडि बढाउन मनासिव हुने देखिएको साउन १६ गते मङ्गलबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेश गर्न आह्वान गरिएको हो ।