• १५ असार २०८१, शनिबार

गणपूरक सङ्ख्या नपुगेपछि संसदीय समितिको बैठक बस्न सकेन

blog

काठमाडौं, साउन १२ गते । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ ।

शुक्रबारका लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठक कोरम पुग्न नसक्दा बस्न सकेन । २६ सदस्यीय समितिमा कोरमका लागि १४ सांसद आवश्यक पर्नेमा १३ जना मात्रै उपस्थित हुँदा समिति बैठक स्थगित भएको हो ।

बैठक आज बिहान ११ः३० बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बोलाइएको थियो । तर सांसदहरु उपस्थित हुन नसक्दा बैठक बस्दै नबसी स्थगित भएको हो ।