• १५ मंसिर २०८१, शनिबार

सवारी जरिवानाबाट एक करोडभन्दा बढी राजस्व सङ्कलन

blog

राजमार्गमा सवारी चेकजाँच गर्दै कपिलवस्तु ट्राफिक प्रहरी । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, साउन १२ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले आर्थिक वर्ष २०७९-८० मा रु एक करोड ७७ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने २५ हजार आठ सय ५२ सवारीसाधनलाई कारबाही गरी सो रकम असुल गरिएको हो ।

सो अवधिमा १३ हजार एक सय ३७ ट्रक कारबाही पर्दा ९९ लाख ३१ हजार ५०० राजस्व सङ्कलन भएको छ । यसैगरी एक हजार पाँच सय ८६ बसबाट ९ लाख ४ हजार ५ सय रुपियाँ, चार हजार ९ सय ५४ जिप-कारबाट २८ लाख २१ हजार ५ सय रुपियाँ राजस्व सङ्कलन गरिएको छ ।  

चार हजार ९ सय ५४ मोटरसाइकलबाट ३२ लाख ११ हजार ५ सय रुपियाँ र एक सय ६१ ट्याक्टर-टेम्पोबाट ८ लाख ४२ हजार राजस्व सङ्कलन गरिएको कार्यालय प्रमुख योगेन्द्र तिमिल्सेनाले बताउनुभयो । 

कार्यालयले सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना अभियान सञ्चालन गर्नुका साथै जरिवाना मात्रै नचएर, चालक र यात्रुबाट नियम उल्लङ्घन नहोस् भनेर कक्षा सञ्चालन गरिएको वरिष्ठ सई ज्ञानेन्द्र शर्माले बताउनुभयो । 

एक वर्षमा १ हजार २ सय ९५ वटा सचेतना कक्षा सञ्चालन गरेको थियो । जसमा ५८ हजारभन्दा बढी सवारी चालक, यात्रु र विद्यार्थी सहभागी भएको बताइएको छ । गत आ.व.मा भएको एक सय ९ दुर्घटनामा ५५ जनाले ज्यान गुमाएका छन् । मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ६ सय २८ चालकलाई कारबाही गरेको थियो ।