• ५ जेठ २०८१, शनिबार

काँग्रेस आफ्नो एजेण्डामा सम्झौता गरेर गठबन्धनमा प्रवेश गरेको होइन : कार्यवाहक प्रधानमन्त्री खड्का

blog

कार्यवाहक प्रधानमन्त्री एवं नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का ।

काठमाडौं, साउन ८ गते । कार्यवाहक प्रधानमन्त्री एवं नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली काँग्रेसले आफ्नो एजेण्डामा सम्झौता गरेर गठबन्धनमा प्रवेश नगरेको बताउनुभएको छ । 

काँग्रेस केन्द्रिय समितिको बैठकमा सोमबार बोल्दै उपसभापति खड्काले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेसले सरकारसँग आफ्ना एजेण्डालाई सम्झौता गरेर अघि नबढ्ने पनि बताउनुभयो ।

उहाँले गठबन्धनको सीमा बुझेको उल्लेख गर्दै गठबन्धनको प्राकृतिक आवश्यकताको बोधसहित काँग्रेस सरकारमा गएको स्पष्ट पार्नुभयो । उहाँले गठबन्धनलाई ५ वर्ष लिएर जानुपर्ने र ५ वर्षमा सरकारले आर्थिक अवस्थाअनुसारको जनतालाई दिनुपर्ने सेवाका सन्दर्भमा पनि स्पस्ट रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपाली काँग्रेस आफ्नो एजेण्डामा सम्झौता गरेर न गठबन्धनमा प्रवेश गरेको छ, न काँग्रेसले आफ्ना एजेण्डालाई सम्झौता गरेर अघि बढ्छ । यो कुरामा काँग्रेस स्पस्ट हुन जरुरी छ । म गर्न हुँदैन भन्दिन, हामी आफ्ना एजेण्डा बोकेर गठबन्धनमा छौँ, गठबन्धनको सीमा पनि बुझेका छौँ, यो गठबन्धनको प्राकृतिक आवश्यकताको बोधसहित काँग्रेस सरकारमा गएको छ । र हामीले यो गठबन्धनलाई ५ वर्ष लिएर जानुछ । कुनै दुविधा छैन । त्यो ५ वर्ष लिएर जाँदा नेताहरुले, साथीहरुले भन्नुभएको जस्तै सरकारले जनतालाई दिनुपर्ने प्रतिफल सरकारले आर्थिक अवस्थाअनुसारको जनतालाई दिनुपर्ने सेवाका सन्दर्भमा हामी सरकारमा जाने प्रत्येक मन्त्रीहरु, व्यक्तिगत रुपमा र सामुहिक रुपमा पार्टीको घोषणापत्र, पार्टीको विचार, एजेण्डाप्रति इमान्दार हुन जरुरी छ ।’’

उपसभापति खड्काले नेपाली काँग्रेसभित्र भावनात्मक सम्बन्ध कमजोर बन्दै गएको पनि बताउनुभयो । उहाँले समाजवादी मोर्चा काँग्रेस सभापति शेरबहादुर देउवालाई जानकारी गराएर नै भएको बताउनुभयो काँग्रेस केन्द्रीय समितिको बैठक साउन १० गते साँझ ४ः०० बजे बस्नेगरी स्थगित भएको छ ।