• १२ असार २०८१, बुधबार

नेकपा एसको सचिवालय बैठक बस्दै

blog

काठमाडौं, असार ३० गते । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा शुक्रबारदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको बैठकमा नेताले बोल्न क्रम जारी रहेकाले शनिबार पुनः बैठक बस्ने सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुक्रबारको बैठकमा उपाध्यक्ष राजेन्द्र पाण्डे, बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केशवलाल श्रेष्ठ, जयन्ती राई र सचिवालय सदस्य रामचन्द्र झाले धारणा राख्नुभएको थियो । आज पनि नेताले धारणा राख्नुहुने कार्यक्रम तय भएको छ । बैठकमा पार्टीको सङ्गठन सुदृढीकरणका विषयमा तथा वर्तमान परिस्थिति र पार्टीको कार्यभारका बारेमा पनि छलफल भइरहेको जनाइएको छ ।

यसैगरी, बैठकमा आगामी कामको विस्तृत योजना, कामको उद्देश्य, प्राथमिकता, कार्ययोजना, कार्यविभाजन र कमिटीमा समायोजन तथा थपघट, जनसङ्गठन युवा र विद्यार्थी र विभागको कामको व्यवस्थापनमा नेताले आफ्नो धारणा राखिरहेका प्रवक्ता खतिवडाले बताउनुभयो । रासस