• १६ वैशाख २०८१, आइतबार

हाम्रो सम्पदा

दाङ देउखुरीको प्रख्यात नागेश्वरी मन्दिर

blog

दाङ, असार ३० गते । दाङको गोबरडिहा -१ धानखोला, देउखुरीमा रहेको नागेश्वरी मन्दिर भक्तजनका लागि निकै नै प्रख्यात मानिन्छ । 

यो मन्दिर पूर्वबाट दाङ जाँदा पूर्वपश्चिम राजमार्गको बायाँ तर्फको पहाडको भित्तामा टाँसिएर रहेको छ । मन्दिरको गर्भ गृहमा आकर्षक शिवलिंग छ । यही शिवलिंगलाई स्थानीय भक्तजनहरू नागेश्वरीनाथ भनी पूजा अर्चना गर्दछन्। शिवलिंगको नजिकमा गणेश, हनुमान भगवान् लगायत विभिन्न देवदेवताहरुको मूर्ति समेत रहेको छ। 

नागेश्वरीनाथको मूर्तिको माथि थुप्रै घण्टहरू झुन्डिएका छन्। यस मन्दिरका पुजारीका अनुसार पूर्वपश्चिम राजमार्गको निर्माणको क्रममा फेला परेको यस मूर्तिलाई त्यति बेला मन्दिर बनाई यही नै स्थापना गरियो। यसै मन्दिरको नजिकमा गुप्तेश्वर महादेवको मन्दिर पनि रहेको छ। यस राजमार्गबाट ओहोर दोहोर गर्ने यात्रुहरू यस नागेशवरको दर्शन समेत गर्दछन्। साथै विभिन्न नेपालीहरूको विभिन्न चाडपर्वहरूमा यस मन्दिरमा स्थानीय भक्तजनहरूको भिड लाग्ने समेत पुजारी बताउँछन्।