• १५ वैशाख २०८१, शनिबार

कृषकलाई हाते ट्याक्टर

blog

सलिम मियां

विजुवार, असार २५ गते । प्युठानको सरुमारानी गाउँपालिकाले कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । खेतीपाती लगाउने समय सुरु भएसँगै पालिकाभित्रका कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो ।

किसानलाई खेती गर्न सजिलो होस् भनेर ५८ जना कृषकलाई मिनी तथा पावर टेलर अनुदानमा वितरण गरिएको गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले जानकारी दिनुभयो। उहाँका अनुसार गाउँपालिकाले निर्वाहमुखी कृषि पेसालाई व्यवसायीकरण गर्न आर्थिक वर्ष ०७५र७६ बाट 'किसानसँग गाउँ सरकार कार्यक्रम' बनाएर काम गरिरहेको छ । कार्यक्रम अन्तर्गत कृषि तथा पशुपालनका क्षेत्रमा अनुदानका कार्यक्रम सञ्चालन भएका छन् ।

यस्तै, हाते ट्याक्टर पाएपछि कृषि खेती गर्न अझै उत्साहित भएको किसानले बताएका छन् । स्थानीय कृषक हिराबहादुर घर्तीले खेतबारीको सबै स्थानमा एकै नासले जोत्न सकिने बताउनुभयो । 

यहाँका किसान श्रम र समयको बचत, सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि  हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् ।