• १५ चैत २०८०, बिहिबार

सवारी दुर्घटनामा मृत्यु

blog

रवीन्द्र उप्रेती

बर्दिबास, असार २३ गते । बर्दिबास जलेश्वर सडक खण्डस्थित औरही ७ भोइल गाउँ नजिक शुक्रवार राती सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि गौशाला नपा १२ का ३५ वर्षीय प्रदीप महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बर्दिबासबाट दक्षिणतर्फ जाँदै गरेको ज१त १६५५ नम्बरको ट्याक्टरलाई सोही दिशातर्फ जाँदै गरेको प्र २–०२–००२ प ६४११ नम्बरको मोटरसाइकलले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

महतोको उपचारका क्रममा राती नै मृत्यु भएको जिल्ला प्रहरीका प्रवक्ता दिलीप गिरीले बताउनुभयो । प्रहरीले ट्याक्टरसहित चालक धनेश्वर मण्डललाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ ।