• १४ मंसिर २०८१, शुक्रबार

दुई लाख रुपियाँ घुस लिएको आरोपमा लेखा अधिकृत पक्राउ

blog

काठमाडौं, असार २२ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपियाँ घुस लिएको आरोपमा मोरङबाट एकजना लेखा अधिकृतलाई पक्राउ गरेको छ । 

जिल्ला मोरङ, सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालले नगरपालिका तथा वडा कार्यालयहरुमा भएको मर्मत सम्भार कार्यको भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको आरोप लागेको छ । 

आयोगका प्रवक्ता भोला दाहालका अनुसार, आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले लेखा अधिकृत ढकाललाई सेवाग्राहीबाट घुसवापत लिएकाे दुई लाख रुपियाँ रकमसहित नगरपालिकाको कार्यालयबाटै पक्राउ गरिएको हो ।