• ११ पुस २०८१, बिहिबार

१४ बुँदे आन्तरिक प्रतिबद्धतासहित कांग्रेस जिल्ला सभापतिको बैठक सम्पन्न

blog

सानेपास्थित बीपी स्मृति भवन, केन्द्रीय कार्यालयमा कांग्रेस जिल्ला सभापतिको बैठक । तस्बिर : केशब गुरुङ

काठमाडौं, असार २२ गते। नेपाली कांग्रेसका जिल्ला सभापतिको दुई दिने बैठक सम्पन्न भएको छ। पार्टी केन्द्रीय कार्यालयको आयोजनामा असार बिहीबार सुरु भएको जिल्ला सभापतिको शुक्रबार १४ बुँदे आन्तरिक प्रतिवद्धता पारित गर्दै आज सम्पन्न भएको हो।

बैठकमा जिल्ला सभापति योगेन्द्र पञ्जियार (धनुषा), रुपनारायण जवेगु (पाँचथर), दिनेश राई (धनकुटा), विष्णुकुमार राई (खोटाङ), किशोरदत्त बराल (कास्की), केदार भण्डारी (सुनसरी), राजेश्वर खनाल (चितवन), केशबहादुर विष्ट (सल्यान), नागेश्वर यादव (महोत्तरी), अरुणप्रकाश सिंह राठौर (वर्दिया) र रमेशकुमार महत(नुवाकोट), जिल्ला सभापति कारणवस अनुपस्थित रहेका जिल्लाका हकमा का.वा. सभापति झपेन्द्र गैरे (पाल्पा), उपसभापति बीरबहादुर विष्ट (बैतडी), जिल्ला सचिवबालदीप कँडेल (सुर्खेत), अजय लुइटेल (ओखलढुंगा), केशवराज मिश्र(कैलाली), गुप्तनिधि शर्मा (पर्वत), माधवप्रसाद ढकाल (काभ्रे), प्रतिनिधि मुकेश सिंह (बारा) र निर्मला खड्का (भोजपुर)ले धारणा राख्नुभएको थियो।    

बैठकको अन्त्यमा, पार्टीका महामन्त्रीद्वय– गगनकुमार थापा र विश्वप्रकाश शर्माले बैठकबाट आएका सुझावलाई पार्टी तहमा छलफल गरी आवश्यकता अनुसार आगामी केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गर्ने प्रतिवद्धता व्यक्त जनाउनुभएको छ। 

१४ बुँदे प्रतिवद्धता आन्तरिक सर्कुलरका लागि मात्र तयार भएको कार्यबाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो।