• २० असोज २०८१, आइतबार

पशुपतिनगर नाका तीन दिन शील

blog

इलामको पशुपतिनगर नाका । तस्विर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, असार २१ गते । आज साँझ ५ बजेदेखि इलामको पशुपतिनगर नाका तीन दिनका लागि शील गरिएको छ । भारतको पश्चिम बंगालस्थित दार्जिलिङ जिल्लामा हुन लागेको पञ्चायत जनरल इलेक्सनका लागि नेपाल–भारतबीच पर्ने इलामको पशुपतिनगर नाका शील भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । 

दार्जिलिङमा जुलाई ८ तारिखमा उक्त निर्वाचन हुन लागेको हो । जुलाई ८ को बेलुकी ५ बजेपछि मात्र नाका खुल्ला हुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताउनुभयो ।