• १३ असोज २०८१, आइतबार

नदीमा डुबेर एकको मृत्यु

blog

अविनाश चौधरी

धनगढी, असार २१ गते । कैलालीको कटैनी नदीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । कैलारी गाउँपालिका –७ रामपुरका ४५ वर्षीय गणेश चौधरीको सो नदीमा डुबेर ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार खेतमा रोपाइँ गर्न गएको बेला नदी तर्नेक्रममा डुबेर चौधरी बेपत्ता भएका थिए । बुधबार डुबेर बेपत्ता भएका उहाँको आज शव फेला परेको प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिनुभयो । 

डुबेर बेपत्ता भएको चौधरीको स्थानीयसहित सुरक्षाकर्मीले खोजी गरेका थिए । हिजैदेखि खोजी गरेकोमा आज नदी किनारमा शव भेटिएको प्रहरीको भनाइ छ । कैलालीमा नदीनालामा डुबेर हरेक वर्ष मान्छेको ज्यान जानेगरेको छ ।