• १५ मंसिर २०८१, शनिबार

बागमतीमा विनियोजन विधेयकमाथिको छलफल सकियो

blog

बागमती प्रदेश सभाको बिहीबार बसेको प्रदेश सभाको बैठक । तस्बिर : गोरखापत्र

राममणि दाहाल

हेटौँडा, असार २१ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रमुख प्रतिपक्षी दल र विपक्षीका योजनालाई आगामी आवको बजेटमा समेट्ने बताउनुभएको छ ।

मुख्यमन्त्री जम्कट्टेलले विनियोजन विधेयक २०८० को छलफलका क्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसहित निकायमाथि प्रदेश सभा सदस्यहरुले उठाएका प्रश्नहरुको प्रदेश सभाको बिहीबारको बैठकमा जवाफ दिँदै अन्तरसरकारी वित्त हस्तान्तरणबाट जानुपर्ने अनुदान केही छुटेको र पठाइने बताउनुभयो ।

प्रतिपक्षको अपेक्षा र सरकारको औकात नमिल्दा प्रतिपक्षको भावनालाई समेट्न नसकेको बताउँदै प्रतिपक्षीसँगको छलफलमा समावेश गर्न समझदारी भएको र समावेश गरिने बताउनुभयो ।

प्रतिपक्षीको योजना समेट्न प्रतिबद्ध छौ, हामी छलछाम गर्दैनौ उहाँले भन्नुभयो  मन्त्रिपरिषद् बैठकबाट समेत नीति गत रुपमा निर्णय भइसकेको छ ।उहाँले बजेटमा असन्तुलन रहेको र त्यो बहुवर्षीय योजनामा धेरै बजेट विनियोजन गर्नु पर्दा बजेट असन्तुलन भएको हो भन्नुभयो ।

उहाँले सङ्घीय शासन प्रणालीलाई सुदृढ गर्ने, व्यवस्थित गर्ने, प्रदेश ठीक छ भनेर सिद्ध गर्ने दायित्व रहेको बताउनुभयो । आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै बजेट सन्तुलित भएको र यथार्थपरक बनाउने प्रयास भएको बताउनुभयो ।

बिहीबारको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालयका बारेमा उठेका प्रश्न जवाफम्बिन्धित मन्त्रालयका मन्त्रीहरुले दिनुभएको थियो । 

यस्तै बुधबारको बैठकमा भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, कृषि विकास तथा पशुपन्छीमन्त्री मन्त्रालय, श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, पर्यटन उद्योग तथा सहकारीमन्त्री पुकार महर्जन, स्वास्थ्यमन्त्री उत्तम जोशी, र वन तथा वातावरणमन्त्री मसिना खड्काले आ–आफ्नो मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिनुभएको थियो ।