• १२ असार २०८१, बुधबार

सञ्चार क्षेत्रमा भएका विकृतिहरुलाई नियन्त्रण गर्नुपर्छ : सभामुख घिमिरे

blog

संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनलाई सम्बोधन गर्नुहुँदै सभामुख देवराज घिमिरे । तस्बिर : केशब गुरुङ

काठमाडौं, असार १६ गते । सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रलाई कुण्ठित गर्न नहुने बताउनुभएको छ । शनिबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनलाई सम्बोधन गर्नुहुँदै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो ।

सभामुख घिमिरेले सञ्चार क्षेत्रको महत्त्व धेरै रहेको बताउँदै सञ्चार क्षेत्रलाई कुण्ठित गर्ने कुरा लोकतन्त्रमा स्वीकार्य हुन नसक्ने बताउनुभयो । उहाँले सञ्चार क्षेत्रमा भएका विकृतिहरुलाई नियन्त्रण गर्ने काममा लाग्नुपर्ने धारणा राख्नुभयो । सञ्चारमाध्यमको महत्त्व बढाउने, ठिक दिशामा लैजाने र समाजवाद निर्माणको बाटो देखाउन सञ्चार क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने उहाँको जिकिर छ ।

उहाँले भन्नुभयो, ‘‘सञ्चार क्षेत्रको महत्त्व धेरै छ, सञ्चार क्षेत्रलाई कुण्ठित गर्नेकुरा लोकतन्त्रमा न सैद्धान्तिक रुपबाट न दार्शनिक, न व्यावहारिक न अहिलेको हाम्रो अवस्थाको रुपबाट जरुरी छैन । तर यसमा भएका विकृतिहरुलाई नियन्त्रण गर्ने काममा लाग्नुपर्छ, ठिक दिशा निर्देशन गर्ने, यसको महत्त्व बढाउने, समाजवाद निर्माण गर्ने बाटो देखाउने कुरा महत्त्वपूर्ण छ । संसदका सभामुख, अध्यक्ष, उपसभामुख, उपाध्यक्षहरुको भूमिकालाई सही दिशा निर्देश गर्ने कुरामा यहाँहरुको भूमिका रहनेछ ।’’

सभामुख घिमिरेले सभामुखको भूमिका प्रभावकारी बनाउन र संसदला प्रभावकारी रुपमा व्यवस्थित रुपमा सञ्चालन गर्नेकुरामा आफूले महत्त्वपूर्ण भूमिका खेल्नेकुरामा बढी ध्यान दिने बताउनुभयो ।