• १४ मंसिर २०८१, शुक्रबार

झोलुङ्गे पुल बनेपछि आवतजावतमा सहज

blog

मकवानपुरको बकैया गाउँपालिकाको वडा नं. ११ घट्टेखोलामा निर्माण भएको झोलुङ्गपुल उद्घाटन गर्दै बकैया गाउँपालिकाअध्यक्ष धर्मराज लामिछाने ।

राममणि दाहाल

हेटौँडा, असार १३ गते । मकवानपुरको बकैया गाउँपालिकाको वडा नम्बर ११ स्थित गमलटारमा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । ४२ लाख रुपियाँको लागतमा निर्माण सम्पन्न भएको ७२ मिटर लम्बाइको घट्टेखोला झोलुङ्गे पुलको बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले उद्घाटन गर्नुभएको हो ।

कुल लागतको स्थानीय श्रमदान दुई प्रतिशत, बकैया गाउँपालिकाको १३ प्रतिशत र बाँकी रकम सङ्घीय सरकारको लगानीमा झोलुङ्गे पुलको निर्माण भएको वडा नम्बर ११ का वडाध्यक्ष गोपालबहादुर नेसुरले जानकारी दिनुभयो । उहाँका अनुसार घट्टेखोलामा झोलुङ्गे पुल निर्माण सँगै गाउँपालिकाका ११ र ९ नम्बर वडाका बासिन्दालाई आवागमनमा सहज हुनेभएको छ । 

२०७८ सालमा सर्वे भएर उपभोक्ता समितिमार्फत निर्माण सुरु भएको झोलुङ्गे पुल निर्माणमा विविध कारणले ढिलाइ हुँदै आएको थियो ।