• २२ वैशाख २०८१, शनिबार

प्रथम बागमती प्रदेश युवा सम्मेलन सुरु (फोटो फिचर)

blog

प्रथम बागमती प्रदेश युवा सम्मेलन-२०८० कार्यक्रम ।

मकवानपुर, असार ११ गते ।  प्रथम बागमती प्रदेश युवा सम्मेलन-२०८० सुरु भएको छ । बागमती प्रदेश युवा परिषद्को आयोजनामा मकवानपुरको हेटौँडामा सोमबार युवा सम्मेलन सुरु भएको हो । 

उक्त सम्मेलनको बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मुक्तानले उद्घाटन गर्नुभयो । युवालाई सामाजिक र सार्वजनिक जीवनमा सहभागी गराउन, नवप्रवर्द्धन र उद्यमशीलतामा विकसित गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बागमती प्रदेश युवा परिषद्को कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले बताउनुभयो । उहाँले सम्मेलनको अवधारणा प्रस्तुत गर्नुहुँदै परिषद्ले प्रदेश युवा नीति-२०७९ तयार पारेपछि प्रदेशमा युवाका लागि काम गर्न आवश्यक सल्लाह, सुझाव सङ्कलन गर्न र अवधारणा निर्माण गर्नपनि सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

युवा सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मुक्तानले युवा पुस्तामा छाएको निराशालाई व्यवस्थापन गर्नु जरुरी रहेको बताउनुभयो । "सुशासन र नवप्रवर्तनको विकास गर्न प्रदेश सरकार चिन्तनशील रहेको छ । सम्मेलनबाट समस्या पहिचान गर्ने मात्रै नभई युवा वर्गका समस्या समाधानका उपाय पनि खोजी गर्न जरुरी छ", उहाँले भन्नुभयो । उहाँले युवाका समस्या समाधान गर्ने उपाय खोजी गर्न सम्मेलन उपयोगी हुनेमा  विश्वास व्यक्त गर्नुभयो ।

यस्तै, सम्मेलनमा प्रदेशका विभिन्न १३ जिल्लाबाट एक सय ५० युवाको सहभागिता रहेको छ । सम्मेलन सोमबार र मङ्गलबार दुई दिन चल्नेछ ।

Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।