• २१ वैशाख २०८१, शुक्रबार

तस्बिरमा हिसान शैक्षिक मेला

blog

विद्यालयबारे जानकारी लिँदै शैक्षिक मेलामा सहभागी विद्यार्थीहरू । तस्बिर : केशब गुरुङ

काठमाडौँ, असार १० गते । काठमाडौं महानगरपालिकाले रोक लगाएको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) ले आयोजना गरेको  शैक्षिक मेला भृकुटीमण्डप प्रदर्शनी हलमा शुक्रबार देखि पुनः सुरु भएको छ । 

एसइई र कक्षा १२ को परीक्षा दिई नतिजा कुरेर बसेका विद्यार्थी र अभिभावकलाई लक्षित गरी मेला आयोजना गरिएको हो । निःशुल्क प्रवेश रहेको मेलामा नेपालको शिक्षा प्रणाली र शिक्षण संस्थाबारे जानकारी प्राप्त गर्न सकिने छ । 

जेठ ३२ गते सुरु भएको मेला एसइई र कक्षा १२ को नतिजा प्रकाशन हुनुअगाडि नै शैक्षिक मेलाका नाममा विद्यालयहरूले शुल्क र भर्नाका लागि नाम टिपाउने गरेका भन्दै गत बिहीबार महानगरपालिकाले मेला बन्द गराएको थियो। पाटन उच्च अदालतले मेलामा अवरोध नगर्न अन्तरिम आदेश दिएपछि पुनः मेलालाई निरन्तरता दिएको हो । 

असार १० गते आइतबारसम्म सञ्चालन हुने मेलामा ७५ भन्दा बढी शैक्षिक संस्थाको स्टल रहेका छन् ।



Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।