• १२ मंसिर २०८१, बुधबार

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

blog

राष्ट्रपति रामचन्द्र पौडेल । फाइल तस्बिर

काठमाडौं, असार ८ गते । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक  भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी  निर्देशक प्रा. डा. रत्नमणि गजुरेलले विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभएको हो । 

विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था हाल सामान्य रहेको उल्लेख छ ।

राष्ट्रपति पौडेल यही असार २ गतेदेखि सो अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँको मुटुको शल्यक्रिया गरेर पेसमेकर राखिएको छ ।