• १४ मंसिर २०८१, शुक्रबार

स्थानीयद्वारा प्राधिकरणको बितरण केन्द्र घेराउ

blog

नियमित विद्युतको माग गर्दै नेपालगञ्जमा स्थानीयहरु प्राधिकरणको कार्यालय घेराउ गर्दै । तस्बिर : साबित्री गरी

साबित्री गिरी

कोहलपुर, असार ३ गते । ४२ डिग्री तापक्रमबाट गुज्रिरहेको नेपालगञ्जमा बिद्युत अनियमित हुँदा स्थानीयहरु मर्कामा परेकोभन्दै विद्युत नियमित गर्न माग गर्दै कार्यालय घेराउ गरेका छन् । अनियमित बिद्युत सेवाबिरुद्ध नागरिकले आइतबार नेपाल बिद्युत प्राधिकरणको नेपालगञ्ज बितरण केन्द्र घेराउ गरेका हुन् ।

घेराउ गर्न पुगेका स्थानीयले बिद्युत अनियमित्ताबिरुद्ध चर्काे रुपमा नारावाजी गरेका छन् । आक्रोशित स्थानीयले चर्काे गर्मीमा सडकमैं सुतेर बिरोध जनाएका छन् । स्थानीयले गत जेठ ११ गते बिद्युत प्राधिकरण नेपालगञ्ज बितरण केन्द्रका प्रमुखलाई विद्युत नियमित गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । तर माग सुनुवाई नभएको उनीहरुको भनाइ छ । 

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा युवा अभियन्ता साहिल अन्सारीले नेपाल बिद्युत प्राधिकरणले गर्मीयाममा बिद्युत सेवा अनियमित गरी अपराधजन्य काम प्राधिकरणले गरिरहेको टिप्पणी गर्नुभयो । 

युवा अभियनता प्रकाश कुवँरले गैरजिम्मेवार बिद्युतबिरुद्ध नागरिकहरु एक हुनुपर्ने बताउनुभयो । नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठले बिद्युत प्राधिकरणको चरम लापरवाहीले आम नागरिकहरुले सास्ति भोग्नुपरेको बताउनुभयो । 

नेपाल बिद्युत प्राधिकरण नेपालगञ्ज बितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले समस्या समाधानका लागि बिद्युत कार्यालयले काम गरिरहेको बताउनुभयो । ज्ञापनपत्रमा नेपालकै बढी गर्मी हुने सहरमध्येको नेपालगञ्जका स्थानीयबासी बिद्युत अनियमित हुँदा दुःख पाएको उल्लेख छ ।