• १० मंसिर २०८१, सोमबार

कुशल र आसिफको कीर्तिमानी साझेदारी

blog

काठमाडौं, असार ३ गते । आइसिसी एक दिवसीय विश्वकप छनोट खेलको उद्घाटन खेलमा नेपालले घरेल टोली जिम्बावेसँग प्रतिस्पर्धा गरिरहेको छ । हरारे मैदानमा टस हारेर पहिले ब्ष्याटिङ गरेको नेपालका दुवै ओपनरले उत्कृष्ट प्रदर्शन गर्नुभयो । 

ओपनर कुशल भुर्तेल र आसिफ शेखले कीर्तिमानी साझेदारी गर्नुभएको हो । कुशल र आशिफले ३१.५ ओभरमा एक सय ७१ रनको सानदार साझेदारी गर्दै एकदिवसीयमा नेपालको उच्च साझेदारी रन बनाउनुएको हो ।

यसअघि एकदिवसीयमा नेपालका लागि सर्वाधिक साझेदारी गत फेब्रुअरीमा नामिबियाविरुद्ध दोस्रो विकेटका ज्ञानेन्द्र मल्ल र आसिफ शेखले एक सय ३९ रनको साझेदारी गर्नुभएको थियो ।

जिम्बावेविरुद्ध कुशल ३२ओं ओभरमा आउट हुनुभयो । उहाँ सतक बनाउनबाट एक रनले चुक्नुभएको थियो । यस्तै आशिफ ६६ रनमा आउट हुनुभएको हो ।