सञ्जयकुमार मिश्र
गौर, असार २ गते । रौतहटको बौधिमाई नगरपालिका कोपवामा पानी लिन जाँदा विद्युतीय करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । बौधिमाई नगरपालिका वडा –५ कोपवा टोलमा गए राति १० बजेको समयमा मोटर जडान भएको पानी तान्ने हैण्डपाइपमा पानी लिन जाँदा करेन्ट लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
विद्युतीय करेन्ट लागेर स्थानीय अमर साह तेलीको छोरा अरुण साह र भिखारी पण्डितका छोरा सिताबी पण्डितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताउनुभयो ।
घरको मानिस पानी लिन जाँदा करेन्ट लागेपछि पण्डितले बचाउन जाँदा दुवै जनाको करेन्ट लागेर मृत्यु भएको तथा मृतक दुवै जनाको गौर प्रादेशिक अस्पतालमा शव पोष्टमार्टम पश्चात् अन्तिम संस्कारका लागि परिवारको जिम्मा लगाइएको उहाँले जानकारी दिनुभयो ।