• १९ असार २०८१, बुधबार

तिनाउ नदीमा डुबेर किशोरको मृत्यु

blog

रेखीराम राना

पाल्पा, असार २ गते । पौडी खेल्नेक्रममा तिनाउ नदीमा डुबेर एक जना किशोरको मृत्यु भएको छ । शनिबार दिउँसो तिनाउ गाउँपालिका –३, स्थित तिनाउ ड्याममा पौडी खेल्नेक्रममा गुल्मीको सत्यवती गाउँपालिका –७, का १८ वर्षीय अभिषेक परियारको मृत्यु भएको हो । 

पौडी खेल्नेक्रममा डुबेर अचेत भएका परियारको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । परियार हाल रुपन्देहीको तिलोत्तमा नगरपालिका –३, ड्राइभर टोलमा डेरागरी बस्दैआएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।