• १० मंसिर २०८१, सोमबार

कांग्रेस नेता निधि र इजरायली राजदूत खनानबीच भेटघाट

blog

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिसँग भेटवार्ता गर्नुहुँदै नेपालका लागि इजरायली राजदूत खनान गोदेर ।

काठमाडौं, जेठ ३२ गते । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र नेपालका लागि इजरायली राजदूत खनान गोदेरबीच भेटघाट भएको छ ।

निधि निवास नयाँ बानेश्वरमा बिहीबार बिहान भएको भेटमा नेपाल इजरायलबीचको पारस्परिक सम्बन्ध र सहकार्यका विषयमा कुराकानी भएको थियो । बीपी कोइरालाको पालादेखि रहेको दुई देशबीचको सम्बन्धका बारेमा नेता निधि र राजदूत खनानले चर्चा गर्दै खुसी व्यक्त गर्नुभयो ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यसमेत रहेका निधिसँगको भेटमा बहुपक्षीय सम्बन्धलाई थप सुमधुर र सुदृढ बनाउने विषयमा पनि कुराकानी भएको थियो ।

यसैगरी, नेपालको कृषि क्षेत्रमा इजरायल सरकारले गरेको सहयोगका लागि धन्यवाद दिँदै नेता निधिले दुई देशबीच भएका सम्झौता कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । राजदूत खनानले सो समझदारी छिट्टै पूरा गर्ने आश्वासन दिनुभयो । 

नेपाल र इजरायलबीच सन् २०२० मा एग्रिकल्चर सेन्टर अफ एक्सलेन्स निर्माणका लागि समझदारी भएर नेपालले त्यसका लागि ठाउँहरू उपलब्ध गराएको थियो ।