• ९ पुस २०८१, मङ्गलबार

गौर हत्याकाण्डसम्बन्धी मुद्दा ‘बेञ्च बस्न नभ्याएको’ स्थितिमा

blog

काठमाडौं, जेठ २९ गते । गौर हत्याकाण्डसम्बन्धी मुद्दाको आज (सोमबार) पनि सुनुवाइ हुन नसकेन सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा आज उक्त मुद्दाको पेशी तोकिए पनि ‘बेन्च बस्न नभ्याएको’ जनाएको छ ।

यसअघि जेठ २२ गते न्यायाधीश कुमार रेग्मी र २५ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उक्त मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखेको थियो ।

वि.सं. २०६४ चैत २७ गते तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीचको झडपमा २८ जना माओवादी कार्यकर्ता मृत्यु भएको थियो । जसलाई गौर हत्याकाण्डले चिनिन्छ ।

यस हत्याकाण्डविरुद्ध पीडित परिवारका तर्फबाट जेठ २१ गते त्रिभुवन साहले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउनुभएको थियो ।