• २७ वैशाख २०८२, शनिबार

प्रधानमन्त्रीद्वारा लाकुरीभञ्याङ खानेपानी आयोजनाको उद्घाटन

blog

नुवाकोटको पञ्चकन्या गाउँपालिका –३ मा लाकुरीभञ्याङ भूमिगत वृहत् खानेपानी आयोजनाको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड । तस्बिर : रामहरि न्यौपाने/रासस

नुवाकोट, जेठ २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको लाकुरीभञ्याङ भूमिगत वृहत् खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले शनिबार नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ मा लाकुरीभञ्याङ भूमिगत वृहत् खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको हो ।

प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको उक्त खानेपानी आयोजना पञ्चकन्या गाउँपालिकाले एक करोड ५० लाख रुपियाँ लगानीमा निर्माण गरेको हो ।