• २७ वैशाख २०८२, शनिबार

महानगरका विद्यार्थीलाई हुम्लाको रैथाने बालीबारे प्रशिक्षण

blog

खानाको परिकारबारे प्रशिक्षण दिनुहुँदै सेफ सन्तोष शाह ।

काठमाडौं, जेठ २६ गते । काठमाडौं महानगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीलाई हुम्लाको रैथाने बालीबारे प्रशिक्षण दिइएको छ। यही शैक्षिक वर्षदेखि सुरु गरेको शुक्रबार शिक्षामा सीप कार्यक्रम अन्तर्गत क्षेत्रपार्टीको कन्या माध्यमिक विद्यालयमा महानगरका ८९ वटै सामुदायिक विद्यालयका विद्यार्थीलाई हुम्लाको रैथाने बालीबारे जानकारी दिइएको छ । 

यस क्रममा महानगरका आधारभूत तहका विद्यार्थीलाई हुम्लाको कागुनो र चिनोको परिकार खुवाइनुका साथै यसको महत्त्व र संरक्षण कसरी गर्न सकिन्छ भनेर प्रशिक्षण दिइएको छ। कुकलाई प्रशिक्षक सेफ सन्तोष शाहले प्रशिक्षण दिनुभयो। 



महानगरले शिक्षा सीपअन्तर्गतको कार्यक्रमको निरन्तर निरीक्षण, गुणस्तर चेकजाँच एवम् सुधार गर्नुपर्ने पक्षलाई अगाडि बढाउँदै आएको जनाएको छ ।

महानगरले आज ज्ञानोदय मावि, बाँसबारी, जनकल्याण मावि, कुलेश्वर माविलगायतको विद्यालयमा निरीक्षण एवम् अनुगमन गरेको थियो । यस क्रममा खाद्य विभिन्न सल्लाहकारले रैथाने बाली सम्बन्धी प्रशिक्षण दिनुभएको हो ।