• १५ वैशाख २०८१, शनिबार

प्रिन्सलाई कृष्णमोहन स्मृति ब्याडमिन्टन उपाधि

blog

उपाधिसहित प्रिन्स दाहाल । तस्बिर सौजन्य : एपिएफ

काठमाडौं, जेठ २५ गते । १६औँ संस्करणको राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि नेपाल एपिएफ क्लबका प्रिन्स दाहालले जित्नुभएको छ ।

हल्चोकमा बिहीबार भएको पुरुष एकलको फाइनलमा प्रिन्सले त्रिभुवन आर्मी क्लबका रुकेश महर्जनलाई  २१–११, २१–११ ले हराउनुभयो ।महिलातर्फ त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले एपिएफकी जेसिका गुरुङलाई २१–१९, १५–२१,२१–१७ ले हराउँदै उपाधि जित्नुभयो । 

 

यसैगरी १९ वर्षमुनिको केटामा एपिएफ क्लबका क्षितिज खनालले एपिएफ क्लबकै रोशन साउदलाई १३–२१, २१–१७, २१–१८ ले हराउँदै उपाधि जित्नुभयो । १२ वर्षमुनि केटामा आर्मीका रीजन मगरले आर्मीकै सुदेश राजकोटीलाई २४–२२, २१–१८ ले पाखा लगाउँदै च्याम्पियन बन्नुभयो । 

मेन्स डवलतर्फ एपिएफका प्रिन्स दाहाल र विजीत थापा मगरले नेपाल पुलिस क्लबका जीवन आचार्य र विष्णु कटुवाललाई २१–१८, २१–१३ ले हराउँदै उपाधि कब्जा गर्नुभयो ।वुमेन्स डवलतर्फ आर्मी क्लबका रशिला महर्जन र अनुमाया राईले एपिएफका जेशीका गुरुङ र सुनैना मुखियालाई २१–१६, २१–१२ हराउँदै उपाधि चुम्नुभयो ।


मिक्स डबलतर्फ पनि एपिएफका प्रिन्स दाहाल र जेसिका गुरुङले एपिएफकै विजित थापा मगर र शोभा गौचनलाई २३–२१, २२–२० ले हराउँदै उपाधिमा कब्जा जमाउनुभयो । जेठ २१ गतेदेखि सुरु भएको प्रतियोगितामा कूल आठ लाख ६५ हजार रुपियाँ पुरस्कार राशि रहेको थियो ।


सहभागी खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । विजेतालाई उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायण काजी श्रेष्ठ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायतले पुरस्कार प्रदान गर्नुभयो ।