• २० वैशाख २०८१, बिहिबार

राष्ट्रिय परिचयपत्रको काम अस्थायी रूपमा सुचारु

blog

काठमाडौँ, जेठ २२ गते । केही दिनदेखि अवरुद्ध राष्ट्रिय परिचयपत्रसम्बन्धी काम अस्थायी रूपमा पुनः सुरु भएको छ । देशभरि नै बिहीबारदेखि अवरोध रहेको राष्ट्रिय परिचयपत्रसम्बन्धी काम आइतबारदेखि पुनः सुरु भएको राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागले जनाएको छ ।

राष्ट्रिय परिचयपत्र निर्माणसम्बन्धी 

‘अपरेसन’ गरिरहेको फ्रान्सेली कम्पनी आइडेमियासँगको सम्झौता अवधि समाप्त भई सो कम्पनीले सर्भर नै बन्द गरिदिँदा देशभरि नै राष्ट्रिय परिचयपत्रसम्बन्धी काम ठप्प भएको थियो । उहाँका अनुसार सम्झौताको अवधि आठ महिनाअघि नै समाप्त भइसकेको हो ।

राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागका महानिर्देशक झक्कप्रसाद आचार्यले राष्ट्रिय परिचयपत्र निर्माणसम्बन्धी कार्य सञ्चालन गरिरहेको फ्रान्सेली कम्पनीसँग भएको संवाद र ‘कोर्डिनेसन’सँगै परिचयपत्र निर्माणसम्बन्धी काम पुनः सुरु भएको जानकारी दिनुभयो ।  छिट्टै  नवीकरण गर्ने प्रतिबद्धतासँगै सो कम्पनीले सर्भर खोलिदिएपछि परिचयपत्रको काम सुरु भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “फ्रान्सेली कम्पनीसँग नवीकरणको प्रव्रिmया सुरु भइसकेको छ । नवीकरणबापत लाग्ने खर्चबारे अहिले हिसाबकिताब भइरहेको छ । दुई चार दिनमा टुङ्गिन्छ । नवीकरण नगरेबापतको कुनै पनि जरिवाना नलाग्ने सो कम्पनीले जनाएको छ ।”

परिचयपत्र निर्माणका लागि फ्रान्सेली कम्पनी आइडेमियासँग तीन वर्षका लागि २०७६ असारमा सम्झौता भएको थियो । सोसम्बन्धी सफ्टवेयरका लागि करिब ८३ करोड रुपियाँमा र नेपालमा बनाइने पूर्वाधारका लागि १३ करोड ६१ लाख रुपियाँ लागतमा सो कम्पनीसँग सम्झौता भएको थियो ।

मुलुकको सुरक्षा व्यवस्थापनलाई थप चुस्तदुरुस्त बनाउने उद्देश्यसहित आर्थिक वर्ष २०६६/६७ मा सरकारको वार्षिक नीति तथा कार्यव्रmममा नेपाली नागरिकलाई बहुउपयोगी राष्ट्रिय परिचयपत्र (बायोमेट्रिक स्मार्टकार्ड) उपलब्ध गराउने अवधारणा ल्याइएको थियो । 

त्यसपछि मन्त्रीपरिषद्को २०६७ असार १६ गतेको निर्णय अनुसार छुट्टै निकायका रूपमा राष्ट्रिय राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको स्थापना भएको थियो र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग स्थापना गरी यससम्बन्धी कार्य भइरहेको छ ।