• ७ वैशाख २०८१, शुक्रबार

गर्मी बढेपछि विद्यालय बन्द

blog

शान्ता अधिकारी 

चितवन, जेठ १९, गते । भरतपुर महानगरपालिकाले आगामी आइतबार जेठ २१ गते देखि महानगरभित्रका विद्यालय ६ दिन बन्द गर्ने निर्णय गरेको छ ।

महानगरको शिक्षा महाशाखाले शुक्रबार एक सुचना जारी गर्दै महानगरभित्रका सबै सामुदायिक र संस्थात विद्यालयहरुलाई सम्बोधन गर्दै विद्यालय बन्द गर्न निर्णय गरेको हो । उक्त सुचनामा अत्याधिक गर्मीका कारण विद्यालय आवागमन र पठनपाठनमा कठीन भयो भन्ने गुनासाहरुलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको उल्लेख छ । 

सुचनामा सरोकारवालाको सुझावको आधारमा आइतबारदेखि शुक्रबार अर्थात् जेठ २१ देखि २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको उल्लेख छ । महानगरका शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलको हस्ताक्षर रहेको उक्त अपिलमा विद्यालय बन्द गरी बालबालिकालाई दिउँसोको घाममा हिँड्न नदिन विशेष अनुरोध गरिएको छ । 

गर्मीको बहानामा बालबालिका पौडी खेल्न जाने र माछा मार्न जाने विषयमा बन्देज गर्न अभिभावकलाई समेत सचेत गरिएको छ । महानगर पालिका बाहेकका अन्य पालिकाहरुले शुक्रबार देखिनै एक साताको लागि विद्यालय बन्द गर्ने निर्णय गरिसकेका छन् । 

पछिल्ला केही दिनयता चितवनको तापक्रम दिउँसोको समयमा ३८ देखि ४०, ४१ डिग्री सेन्टिग्रेड सम्म पुग्ने गरेको छ ।