• १३ वैशाख २०८१, बिहिबार

तस्बिरमा राष्ट्रिय ललितकला प्रदर्शनी

blog

काठमाडौं, जेठ १९ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले गणतन्त्र दिवसको अवसरमा ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ सञ्चालन गरेको छ ।

'म, मेरो देश र मेरो सिर्जना' नाराका साथ प्रदर्शनी आयोजना गरिएको हो । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानले आयोजना गरेको प्रदर्शनि जेठ ३० गतेसम्म चल्नेछ ।  

प्रदर्शनीमा नेपालका परम्परागत चित्रकला/मूर्तिकला, समसामयिक चित्रकला–मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कलाअन्तर्गतका फोटोग्राफी कला,  प्रतिस्थापन कला, व्यंग्य चित्र, भावभंगी कला, क्यारिकेचर र डिजिटल विधाका कलाकृति राखिएको छ ।  प्रदर्शनी नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको परिसर र नेपाल कला परिषदमा बबरमहलमा जारी छ। 


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।