• १५ चैत २०८०, बिहिबार

झापाको बुद्धशान्तिमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

blog

दुर्घटनाक्षेत्र ।

विर्तामोड, जेठ १९ गते।  झापाको बुद्धशान्ति  गाउँपालिका ३ स्थित सयपत्री चौकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १-०१-०१४ प १७६४ नम्बरको मोटरसाइकलले बाटो पार गर्दै गरेका पैदल यात्री  स्थानीय ६५ वर्षीया बलबहादुर बस्नेतको मृत्यु भएको हो। मोटरसाइकलले ठक्कर दिँदा उनको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो। 

उपचारको लागि विर्तामोड स्थित बी एण्ड सी अस्पतालमा लगिएको थियो। अस्पतालले दिउँसो पौने ३ बजे बस्नेतको मृत्यु भएको जानकारी दिएको हो। प्रहरीले मोटरसाइकल चालक गौरादह ४ का ३० वर्षीय सन्देश तुम्बापोलाई नियन्त्रणमा लिएको झापा प्रहरीले जनाएको छ।