श्रीनिम बस्नेत
रातो, सेतो, गुलाबी औँला भाँची
यति धेरै रङमा पाइने कुन फूल हो भन ।
नेपालको राष्ट्रिय फूल भनी यसलाई चिन्ने
चिसो ठाउँ, डाँडाकाँडा फागुन चैतमा फुल्ने ।
यसले लोभ्याउँछ पर्यटकलाई
त्रिचालीस जिल्लामा पाइने बताऊ सबैलाई
गुराँस यसको नाम हो साह्रै राम्रो फुल्ने
यो फूल हेरी भमरा र मान्छे सबै भुल्ने ।
गुराँस फुल्छ पहाडी र हिमाली क्षेत्रमा
यसको प्रयोग गर्छौं हामी औषधिका रूपमा ।
छ है यसको धेरै अग्लो रुख इलाममा
चौँतीस प्रजातिका गुराँस पाइन्छ नेपालमा ।