काठमाडौं, जेठ १४ गते। उपसभामुख इन्दिरा राना मगरले महिनावारी बेलामा हुने विभेदको घरबाट नै अन्त्य गर्नुपर्ने बताउनु भएको छ।
महिनावारी स्वच्छता दिवसको अवसरमा महिनावारी स्वास्थ्य र स्वच्छता व्यवस्थापन साझेदारको गठबन्धन (एमएचएमपिए)ले आयोजना गरेको कार्यक्रममा बोल्दै उपसभामुख रानाले यस्तो बताउनुभएको हो।
उहाँले महिनावरी समान्य प्रक्रिया हो भनेर जनचेतना फैलाउन आजैबाट सुरु गर्न पनि सबै युवालाई आग्रह गर्दै त्यसको सुरु घरबाटनै गर्नुपर्ने बताउनुभयो।
महिनावारीको बेलामा सार्वजनिक शैचालयमा साबुन पानी र स्यानिटरी प्याड व्यवस्था नहुँदा अनेक दुख भोग्नु परेकोले शैचालयमा साबुन पानी र स्यानिटरी प्याडको व्यवस्था गर्नु पर्नेमा उहाँले जोड दिनुभयो।
महिनावारीका विषयमा जनचेतना फैलाउन सरकार एक्लैले भन्दा पनि सबै क्षेत्रको सहकार्य आवश्यक पर्ने उहाँको भनाइ छ। आज विश्व महिनावारी दिवस सम्मानित महिनावारी हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ मनाईएको छ।