• २ जेठ २०८२, शुक्रबार

एसियाली खेलकुदको तयारी बारे छलफल

blog

एसियाली खेलकुदको तयारी बारे छलफल गरिँदै । तस्बिर : सौजन्य राखेप

काठमाडौं, जेठ १३ गते । राष्ट्रिय खेलकुद परिषद्ले आसन्न एसियाली खेलकुद (एसियाड)को तयारीका सम्बन्ध विभिन्न खेलका मुख्य प्रशिक्षकसँग छलफल गरेको छ । 

चीनको होङझावमाअसोज ६ गतेदेखि सुरु हुने १९औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने खेलको विषयमा परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शनिबार मुख्य प्रशिक्षकसँग आवश्यक तयारीबारे छलफल गर्नुभएको हो ।

सो अवसरमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा, खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ल, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, आर्थिक प्रशासन शाखाका प्रमुख पासाङ फिन्जी शेर्पालगायतको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा खेलाडीको छनोट र तालिम, खेलाडीको स्तरीय प्रशिक्षणका लागि आगामी योजना, खेलाडीले तालिम गर्ने स्थलको अवस्था, खेल सामाग्रीलगायतका विषयमा छलफल भएको थियो ।

सदस्य सचिव घिसिङले खेलाडीको प्रशिक्षणमा विशेष ध्यान दिएर नेपालको सहभागीलाई उपलब्धीमुलक बनाउन प्रतिबद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो ।