• १५ असोज २०८१, मङ्गलबार

सकियो ‘नाङ्गो गाउँ’ को छायाङ्कन

blog

काठमाडौँ, जेठ ११ गते । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘नाङ्गो गाउँ’ को छायाङ्कन सकिएको छ । ३३ दिन छायाङ्कन गरी पोस्ट प्रोडक्सनको चरणमा पुगेको निर्देशक लामाले जानकारी दिनुभयो ।

चलचित्रमा अभिनेता दयाहाङ राई नेता बन्नुभएको छ । निर्देशक लामाले राईको नेता अवतारको फोटो सार्वजनिक गर्नुभएको छ । राईको साथमा मिरुना मगर, कर्मा, साम्राज्ञीराज्यलक्ष्मी शाह, शिशिर बाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहाडीलगायतको अभिनय छ । चलचित्र भदौ २९ गते प्रदर्शनमा आउने भएको छ ।