• २८ पुस २०८१, आइतबार

माडी विकासलाई उच्च प्राथमिकता दिने गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता

blog

काठमाडौं, जेठ ८ गते । समृद्धिका लागि युवा अभियान माडी, चितवनका अभियन्ताहरू, स्थानीय जनप्रतिनिधिहरू र राजनीतिक दलका प्रतिनिधिहरूले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ 'प्रकाश'लाई भेटी देशैभरि आशाको लहर सिर्जना हुनेगरी भ्रष्टाचारविरुद्धको अभियान सुरु गर्नुभएकोमा धन्यवाद दिनुभएको छ । 

साथै राष्ट्रिय निकुञ्जभित्र धुलोरहित बाटो, भूमिगत विद्युतीय केवल तथा रिउ कोरिडोर निर्माण गरी समृद्ध माडीको सपना साकार पारिदिनसमेत उहाँहरूले अनुरोध गर्नुभएको हो।

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले माडीको विकासलाई उच्च प्राथमिकता दिएर पहल अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

टोलीमा प्रदेश सभा सदस्य ठाकुरप्रसाद ढकाल, माडीका नगरप्रमुख ताराकुमारी काजी महतो, वडाध्यक्षहरू डण्डपाणी पौडेल र वीरेन्द्र भण्डारी, कांग्रेस नेता शोभाखर चापागाईँ, एमाले नेता शिवहरि सुवेदी, माओवादी केन्द्रका नेताद्वय ऋषिराम काफ्ले र प्रभु प्रसाद महतो, एकीकृत समाजवादीका नेता नारदमणि पौडेल  र युवाअभियन्ताहरु कृष्ण पौडेल, रामबन्धु पोखरेल, रामचन्द्र लम्साल, हरि रानाभाट, विपिन पाठक, सूर्य पाठक लगायत छन् ।