अमरराज नहर्की
तनहुँ, जेठ ७ गते । नेपाल प्रेस युनियन तनहुँको आठौँ अधिवेशनले शेष मोहम्मद हनिफ गोरा मियाँको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्य समिति चयन गरेको छ। नवगठित कार्य समितिको खुल्ला उपाध्यक्षमा प्रकाश अधिकारी, समावेशी उपाध्यक्षमा पूर्ण वि.के., सचिवमा उपेन्द्र खनाल, सहसचिवमा शिला वाग्ले र कोषाध्यक्ष एलोज श्रेष्ठ चयन हुनु भएको हो ।
सदस्यहरूमा मुना कालीराज वि.के., सुनिता थापा, विनीता थापा, सुशीला थापा, मिलन तामाङ, श्रीकृष्ण आचार्य, सञ्जय श्रेष्ठ र दानबहादुर श्रेष्ठ चयन हुनु भएको निर्वाचन समितिका संयोजक ऋषिराम पोख्रेलले जानकारी दिनुभयो । यसअघि अधिवेशन गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले उद्घाटन गर्नु भएको थियो । उद्घाटन समारोहमा बोल्नुहुँदै मन्त्री आलेले नेपाली सञ्चार माध्यमले सूशासन र लोकतन्त्रको रक्षाका लागि प्राथमिकता दिएर कलम चलाउन जरुरी रहेको बताउनुभयो ।
नेपाली सञ्चार माध्यमले लोकतन्त्र प्राप्ति धेरै लडेको हुँदा लोकतन्त्रलाई संस्थागत गर्न अझै आफ्नो ठाउँबाट खबरदारी गर्नुपर्ने मन्त्री आलेको भनाइ छ । नेपाल प्रेस युनियन तनहुँ शाखाका निवर्तमान अध्यक्ष अमरराज नहर्कीको सभापतित्वमा भएको कार्यक्रममा गण्डकी प्रदेशका सांसद अशोककुमार श्रेष्ठ, नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष कुलचन्द्र वाग्ले, प्रेस युनियनका उपाध्यक्ष ऋषिकान्त पौडेल, महासचिव दिलीप पौडेल, पूर्व उपाध्यक्ष रमेश पौडेल, पत्रकार महासङ्घका केन्द्रीय सदस्य प्रदीप काफ्ले, प्रेस युनियन तनहुँका पूर्व अध्यक्ष ओमकार आचार्य, प्रेस चौतारी तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठ बिबि लगायतले स्वतन्त्र र निष्पक्ष भएर सञ्चारकर्मीले कमल चलाउने पर्नेमा जोड दिनुभएको थियो ।