• ५ जेठ २०८१, शनिबार

चलचित्र पत्रकार र कलाकार सम्मानित

blog

मकवानपुर समाचारदाता 

हेटौँडा, जेठ ७ गते । मकवानपुरमा जन्मिएर कलाकारिता क्षेत्रमा योगदान पु¥याएका व्यक्ति र पत्रकारलाई सम्मान गरिएको छ । चलचित्र पत्रकार सङ्घ नेपालको २४ औँ स्थापना एवं चलचित्र पत्रकार दिवसको अवसर शनिबार आयोजित कार्यक्रममा राष्ट्रिय चलचिच पत्रकारिता पुरस्कार २०८० बाट  चलचित्र पत्रकार राजन घिमिरे र चलचित्र पत्रकारिता पुरस्कार २०८० मकवानपुरका पत्रकार पोष्टराज अधिकारी (कुमार) लाई सम्मान गरिएको हो । त्यस्तै चलचित्र कलाकर्मी सम्मान २०८० हास्य कलाकार सुलेमान शङ्करलाई प्रदान गरिएको छ । 

हेटौँडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँले उहाँहरूलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको हो । 

चलचित्र पत्रकार सङ्घ नेपाल मकवानपुर शाखाले हरेक वर्ष चलचित्र पत्रकार दिवसको अवसरमा चलचित्र पत्रकार र मकवानपुरमा जन्मिएर राष्ट्रियस्तरमा स्थापित कलाकारलाई सम्मान गर्दै आएको छ । राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार र चलचित्र पत्रकारिता पुरस्कारको राशि क्रमशः १० हजार र पाँच हजार रुपियाँ रहेको छ । चलचित्र पत्रकार सङ्घ नेपालका अध्यक्ष समिर बलामी, हेटौँडा उपमहानगरपालि–२ का वडाध्यक्ष विष्णुगोपाल महर्जन, वडा नं. ४ का वडाध्यक्ष नवीन सिग्देल, पत्रकारहरू रुपेश दुलाल, वैकुण्ठ पराजुलीलगायतले चलचित्र पत्रकारितालाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दिनुभएको थियो ।