• १२ मंसिर २०८१, बुधबार

स्वास्थ्य प्रवर्धनमा समाज

blog

नेपालमा सङ्घीयतापछि हाल तीन तहको सरकार छ । विसं २०४६ को जनआन्दोलनपश्चात् त्यतिबेलाको बहुदलीय व्यवस्थामा यस्तै तीन तहको स्वास्थ्यको संरचना नै थियो । विसं २०५०–५१ तिर तत्कालीन सरकारले प्रत्येक गाउँ विकास समितिहरूमा एकवटा उप–स्वास्थ्य चौकी स्थापना गरी स्वास्थ्य सेवा आमनागरिकको घर दैलोमा पु¥याउने नीति ल्यायो । यो करिब ३० वर्षसम्म कायम रह्यो । समयको परिवर्तन सँगसँगै राजनीतिक परिवर्तन, सङ्घीयतापश्चात् आधारभूत अस्पतालको स्थापना भई सोही पुराना संरचना परिष्कृत गर्ने काम भइराखेको छ ।

व्यवस्था बदलिए पनि आमनागरिकको स्वास्थ्य अवस्था खासै बदलिएको छैन । यसो हुनुको थुप्रै कारणमध्ये मुख्य कारण भनेको स्वास्थ्य सेवा प्रदान गर्ने मोडेल र स्वास्थ्य सेवामा संलग्न केन्द्रदेखि स्थानीय तहसम्ममा कार्यरत स्वास्थ्य प्रदायकहरूको कार्यशैलीमा परिवर्तन नआउनु नै हो । यहाँ नेपाल सरकारको बुझाइ र गराइमा स्वास्थ्य सेवा भनेको केवल बिरामीको उपचार गर्नु हो भन्ने कुरामा बढी जोड दिएको पाइन्छ । स्वास्थ्य भनेको रोग लागेपछि रोगीको उपचार गर्नु त हो नै तर यहाँ रोग लाग्नुभन्दा पहिले नै कसरी स्वस्थ रहने भन्ने कुरामा ध्यान दिनु महìवपूर्ण कुरा हुन्छ । प्रत्येक व्यक्ति स्वस्थ रहनलाई स्वास्थ्य र गैरस्वास्थ्य निकायको भूमिका के रहने भन्ने कुरामा बढी ध्यान दिनुपर्ने हो तर यसो भइरहेको पाइँदैन । यहाँ स्वास्थ्यको नीति, निर्माता आफ्नो एक पक्षीय हिसाबले के गर्दा आफू र आफ्ना व्यक्तिलाई बढी फाइदा पुग्छ । यहाँ स्वास्थ्य सेवाका विभिन्न विधालाई लत्याएर आफ्नो सीमित स्वार्थ र हितका लागि नीति र कानुन बनाउने र बनेका नीति कानुनको पनि पूर्ण रूपमा पालन नभएको तितो यथार्थ हो । अझै हामी यसरी नै परम्परागत शैलीमै अगाडि बढ्यौँ र नयाँ सोच र कार्यव्रmमका साथ आगडि बढेनौँ भने जुनसुकै व्यवस्था आय पनि स्वास्थ्य सेवाले फड्को मार्न र आमनागरिकलाई स्वस्थ राख्न सक्ने अवस्था रहँदैन । त्यसैले अब स्वास्थ्य सेवालाई स्वास्थ्य प्रवर्धनमुखी सिद्धान्त अनुसार विकास गर्नुको विकल्प रहँदैन ।

वास्तविकता के हो ?

हामीले आजको दिनमा बुझ्नु पर्ने कुरा के छ भने विश्वको स्वास्थ्य सेवा प्रणाली कसरी प्रवाह भइरहेको छ ? नेपालमा स्वास्थ्य सेवालाई कसरी समयसापेक्ष परिवर्तन गर्ने ? जनतालाई कसरी स्वस्थ राख्न सकिन्छ ? स्वास्थ्यको कुन क्षेत्रमा बढी लगानी ग¥यो भने स्वास्थ्य सेवा कम खर्चिलो र व्यवस्थित हुन्छ ? स्वास्थ्य कर्मीको कार्य शैलीमा परिवर्तन हुन आवश्यक छ छैन ? छ भने कसरी र कसले यसको जिम्मा लिने ? आमनागरिकको व्यक्तिगत भूमिकालाई प्रष्ट पारी त्यसको नियमन गर्ने र सम्पूर्ण सरोकारवाला, राजनीतिक व्यक्तित्व र पत्रकारको परिवर्तित भूमिकालाई समेत महìवको विषयमा राखी स्वास्थ्यलाई एक विकासको एजेन्डाको रूपमा राख्नु पर्छ । यी सबै कुरा प्राप्तिका लागि हामी सबैको ध्यान स्वास्थ्य प्रवर्धनतर्फ पुग्नु अति आवश्यक छ ।

स्वास्थ्य प्रवर्धनका बारेमा बुझाइ र वर्तमान अवस्था स्वास्थ्य प्रवर्धनका बारेमा धेरै अन्तर्राष्ट्रिय सम्मेलन र त्यसमा गरेका प्रतिबद्धताका आधारमा नेपालमा स्वास्थ्य प्रवर्धनका बारेमा न नीतिगत रूपमा न त कार्यान्वनको तहमा यसको महìव बुझिएको छ । यसलाई त एउटा जनस्वास्थ्यको भागको रूपमा हेर्ने गरिन्छ जुन साह्रै सङ्कुचित किसिमको बुझाइ हो भन्दा फरक नपर्ला । जे जति स्वास्थ्य र सचेतनाका काम भएका छन् ती सबैलाई स्वास्थ्य शिक्षाको कार्य भनी त्यसैमा सीमित राख्ने काम गरिँदै छ । केही मात्रामा र थोरै सङ्ख्यामा स्वास्थ्य प्रवर्धनका बारेमा विशिष्ठ किसिमको ज्ञान हासिल गरेकाले यसको क्षेत्रमा काम गर्न केही पहल सुरुबाट गरेको तर अझै अन्य स्वास्थ्यकर्मी र सरोकारवालाले यो क्षेत्रको बारेमा राम्रोसँग बुझेको वा बुझाउन नसकेको तितो यथार्थ हो जुन विद्यमान अवस्थासम्म आइपुग्दा कायमै छ ।

स्वास्थ्य क्षेत्रमा काम गर्ने मूलतः चिकित्सकले रोग लागिसकेपछि रोग कसरी निको पार्ने र उपचारका पद्धति अपनाइ बिरामीको उपचार गर्ने काम गरिन्छ । जुन विज्ञता र दक्षता र पेसागत हिसाबले सही हो तर उपचारात्मक प्रव्रिmयामा विद्यमान स्वास्थ्य सेवा सँगसँगै अब उप्रान्त रोग नलागोस् वा अन्य कुनै पनि स्वास्थ्य समस्याबाट बच्न रोगको रोकथाम गर्न नयाँ जन स्वास्थ्यको सिद्धान्तलाई समेत ध्यान दिनु पर्छ । यसका लागि अस्पताल वा स्वास्थ्य संस्थामा थप स्वास्थ्य जनशक्तिको व्यवस्था गर्न नीतिगत रूपमा बहस गर्न र छलफल गर्न जरुरी छ । यो भनेको हरेक स्वास्थ्य सेवा दिने संस्थाले स्वास्थ्य प्रवर्धनात्मक सिद्धान्तको आधारमा यसका कार्यक्षेत्र जुन क्यानाडाको ओटावा सम्मेलन १९८६ बाट पारित भएका थिए, तिनीहरूमा ध्यान दिन अति आवश्यक छ । 

परम्परागत रूपमा जन स्वास्थ्यका व्रिmयाकलाप केही मात्रामा सञ्चालन भए पनि यसको खास परिवर्तित ढाँचाको विकास नभएकाले स्वास्थ्य प्रवर्धन सेवाले आफ्नो स्थान दरिलो बनाउन सकिरहेको छैन । मूलतः नेपालको सन्दर्भमा कुरा गर्दा जुन व्यक्ति जुन पदमा काम गरिरहेको हुन्छ । उसले त्यसैभित्र मात्र सेवालाई सीमित राख्न खोज्दा स्वास्थ्य सेवालाई एकीकृत रूपमा विकास गर्न सकिरहेको अवस्था छैन । यस्तो किसिमको साँघुरो किसिमको विचारधाराबाट एक कदम माथि नउठेसम्म नेपालको स्वास्थ्य सेवा प्रणालीमा सुधार हुन र आमनागरिकको स्वास्थ्यमा सुधार आउन वा उनीहरूलाई स्वस्थ राख्न कठिन छ ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले राष्ट्रिय फोकल केन्द्रको रूपमा स्वास्थ्य सूचना र सञ्चारको क्षेत्रमा काम गरिरहेको छ । स्वास्थ्य प्रवर्धनका विषयमा शैक्षिक योग्यता हासिल गरेका स्वास्थ्य प्राविधिकले काम गर्ने भएको हुँदा यो केन्द्रमा केही हदसम्म स्वास्थ्य प्रवर्धनका बारेमा छलफल हुने र यसको विकासमा कसरी अघि बढ्ने भनेर चिन्ता व्यक्त गरिन्छ । त्यसैले पनि सरोकारवाला संस्था र व्यक्तिलाई पनि छलफल गर्न र काम गर्न सजिलो भएको छ । 

त्रिभुवन विश्वविद्यालय, चिकिसाशास्त्र अध्ययन संस्थान, महाराजगञ्ज क्याम्पसले स्वास्थ्य प्रवर्धन र शिक्षा विषयमा दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्न स्नातकोतर तहको पठनपाठन गरी बजारमा ल्याइसकेको छ । यो सुरुवात नेपालका लागि उत्कृष्ट उपलब्धि हो । नागरिकको व्यवहारसँग सम्बन्धित व्यवहार परिवर्तन जीवनशैली अपनाउन उत्प्रेरित गर्न केही पालिकाबाट शारीरिक कसरत गर्ने स्थानको व्यवस्था र पार्कको स्थापना गर्ने काम गरिएको छ । स्थानीय पालिकाहरूले यसरी नै स्वास्थ्य प्रवर्धनमुखी नीति बनाउने र व्रिmयाकलाप गर्ने हो भने स्वास्थमा सुधार हुने आशा गरिन्छ ।

सामुदायिक बन कार्यव्रmम एक महìवपूर्ण कार्यव्रmम हो । यस कार्यव्रmमले स्वास्थ्यमा सकारात्मक भूमिका खेली जनताको स्वास्थ्य प्रवर्धन गर्न गैरस्वास्थ्य निकायको भूमिकालाई प्रतिनिधित्व गरेको छ ।

सुर्तीजन्य पदार्थको सेवनलाई मूलतः सार्वजनिक गाडीमा सेवन गर्न बन्द भएको अभ्यास नेपालमा स्वास्थ्य प्रवर्धनको राम्रो सफलता हो । यस विषयमा अझै गर्न बाँकी छ ।

मधेश प्रदेशमा छोरी मान्छे जसले २० वर्ष पुगी सकेर अनि स्नातक उत्तीर्ण गरेर बिहे गर्छन् । उनीहरूलाई छात्रवृत्ति दिने, पुरस्कार दिने, तथा अन्य सुविधा दिने व्यवस्था छ, जसले गर्दा उमेर नपुगी बिहे गर्ने दर कम गर्न मद्दत मिल्छ । नेपाल सरकारले स्वस्थ नेपाली सुखी नेपालीका साथ सबै पक्षले काम गर्ने भनी गरेको घोषणा सराहनीय छ । व्यवहारमा उतार्न साह्रै चुनौतीपूर्ण भए पनि स्वास्थ्य प्रवर्धनको मर्म र आवश्यकता अनुसार बहु–तह र एक स्वास्थ्य सिद्धान्तमा आधारित एकद्वार प्रणालीबाट स्वास्थ्य सेवालाई माथि उठाउन अझै सकिएको छैन । 

स्वास्थ्य प्रवर्धन अधिकारी न्यून रहेको अवस्थामा नेपालमा अब बन्ने मानव स्रोतको साङ्गठनिक तथा व्यवस्थापकीय सर्भेमा यो विषयको दरबन्दी हरेक पालिकमा, प्रदेश तथा सङ्घ स्तरका सम्बन्धित कार्यालयमा सिर्जना हुनु अति आवश्यक छ ।

सारांश

स्वास्थ्य प्रवर्धन भनेको एक महìवपूर्ण र वर्तमान जीवन शैलीमा परिवर्तनका लागि प्रत्येक नागरिकले अवलम्बन गर्ने र हरेक पक्षले ससानो विषयमा ध्यान दिएर एउटा स्वस्थ व्यक्ति, परिवार, समाज र राष्ट्रनिर्माण गर्ने प्रव्रिmया हो । यो एउटा अन्तर्राष्ट्रिय व्रmान्ति हो । आमनागरिकलाई शिक्षा दिन मात्र नभई उसको स्वस्थ्य व्यवहार परिवर्तन गर्ने विषय पनि हो । यसको मुख्य उद्देश्य प्रत्येक व्यक्तिलाई सशक्त बनाउने र समुदायमा परिवर्तन ल्याउनु हो । यो विधाले राज्यका नीति, नियम, सव्रिmय व्रिmयाकलापको प्रतिनिधित्व गर्छ । सामाजिक र वातावरणीय तìव जसले स्वास्थ्यलाई नराम्रो प्रभाव पारिरहेको हुन्छ, त्यसलाई प्रतिनिधित्व गर्छ । अझ बुझ्ने गरी भन्दा यो स्वास्थ्यको मुख्य कर्म हो र राष्ट्रिय स्वास्थ्य कार्यव्रmमको मुख्य तìव हो । स्वास्थ्य प्रवर्धन स्वास्थ्यमा एक बृहत् र सहभागितामूलक पद्धति हो । स्वास्थ्य प्रवर्धनले व्यक्ति वा समुदायलाई वास्तविकता महसुस गराउँछ । हरेक व्यक्तिको आवश्यकता पूरा गर्छ, वातावरणमा सकारात्मक 

परिवर्तन ल्याउँछ । 

स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने हो भने स्वास्थ्य प्रवर्धनमुखी काम गर्नु पर्छ । जस्तै ः प्रतिकारात्मक कार्य (जस्तै क्यान्सर स्व्रिmनिङ), सामुदायिक कार्य (जस्तै सडक, बाटो घाटो आदि निर्माण), वातावरणीय स्वास्थ्य (जस्तै पुनः प्रयोग गर्ने ब्यागको व्यवस्था), स्वास्थ्य शिक्षा (जस्तै विद्यालयमा महिनावारी सरसफाइसम्बन्धी शिक्षा), आर्थिक नियमनसम्बन्धी व्रिmयाकलाप । 

नागरिकको स्वास्थ्यलाई केन्द्रबिन्दुमा राखेर प्रत्येक सेवा प्रदायकले सबैको सहभागितामा एकद्वार स्वास्थ्य प्रणालीको माध्यमबाट बहु–तहगत मोडेल अनुसार व्यवहार परिवर्तन गर्न सकिने सव्रिmय र चलायमान प्रव्रिmया नै स्वास्थ्य प्रवर्धन हो ।

   

Author

डा. शालिकराम धिताल