काठमाडौं, जेठ ५ गते। तिलङ्गा आँखा अस्पतालबाट उत्पादित लेन्सलाई विश्वबजारमा ‘ब्राण्डिङग’ गरिने भएको छ।
शुक्रबार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले तिलङ्गा आँखा अस्पतालबाट उत्पादित लेन्सलाई विश्वबजारमा ब्राण्डिङग गरिने बताउनुभएको हो।
स्वदेशी वस्तुको उत्पादन र उपभोग वृद्धिका लागि ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई सहयोग पुर्याइने जनाएको छ।
यी अभियान अन्तर्गत हिमालको पानी प्रशोधनसहितको व्यावसायिक उत्पादन र तिलङ्गा आँखा अस्पतालबाट उत्पादित लेन्सलाई विश्वबजारमा प्रचार गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
यो पनि पढ्नुहोस