• १२ साउन २०८१, शनिबार

रेशम चौधरीको मुद्दा हेर्दाहेर्दैमा

blog

काठमाडौं, जेठ १ गते । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका रेशमलाल चौधरीको मुद्दा आज (सोमबार) हेर्दाहेर्दै राखिएको छ ।

कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलको फैसला त्रुटिपूर्ण भएको भन्दै चौधरीका तर्फबाट पुनरावेदन गरिएको थियो ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले उक्त मुद्दाको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखेको हो । यद्यपि सोमबारको सुनुवाइ नसकिएपछि मङ्गलबारका लागि नै पेसी तोकिएको छ ।

यसअघि वि.सं. २०७९ माघ २२ गते न्यायाधीशद्वय टङ्कबहादुर मोक्तान र मनोज शर्माको इजलासले प्रत्यर्थी झिकाउने आदेश गरेको थियो । चौधरी हाल डिल्लीबजार कारागारमा रहनुभएको छ ।