• १५ वैशाख २०८१, शनिबार

सुनगाभाको विशेषाङ्क विमोचन

blog

काठमाडौँ, जेठ १ गते । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वाङ्मय शताब्दीपुरुष डा सत्यमोहन जोशीलाई राष्ट्रिय नायकका रूपमा स्थापित गर्न सरकारबाट गम्भीर पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

लोक साहित्य परिषद्ले आफ्ना प्रमुख संस्थापक एवं वाङ्मय शताब्दीपुरुष डा सत्यमोहन जोशीको १०४ औँ जन्मजयन्तीका अवसरमा सप्ताहव्यापी कार्यक्रम  गरेको थियो । सोही कार्यक्रमको समापनमा उपप्रधानमन्त्री श्रेष्ठले जोशीले स्थापना गरेको लोकसाहित्य परिषद्को निरन्तरताका लागि पनि पहल गर्ने बताउनुभयो । समापन कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले शताब्दीपुरुष जोशीका बारेमा तयार पारिएको सुनगाभाको विशेषाङ्क पनि विमोचन गर्नुभएको थियो । 

यसैबीच वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको विशेषाङ्कका रूपमा ‘लोकसंस्कृति’ पत्रिकाको २१ औँ अङ्क लोकार्पण गरिएको छ । नेपाल म्युजिक सेन्टर काठमाडौँले सत्यमोहन जोशी थिएटरमा उक्त विशेषाङ्क लोकार्पण  गरेको हो । कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले लोकसंस्कृति पत्रिका र नेपाल म्युजिक सेन्टरद्वारा सञ्चालित गतिविधिको प्रशंसा गर्नुभयो । म्युजिक सेन्टरका अध्यक्ष तीर्थमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पत्रिकाका प्रधान सम्पादक गोविन्द आचार्यले पत्रिका प्रकाशनको सन्दर्भबारे प्रकाश पार्नुभयो । 

कार्यव्रmममा नेपाल म्युजिक सेन्टरका सदस्यसचिव सन्तोष शर्मा, प्राडा प्रेमकुमार खत्री, प्राडा माधवप्रसाद पोखरेल, बमकुमारी बुढामगरले मन्तव्य व्यक्त गर्नुभएको थियो ।