• १२ साउन २०८१, शनिबार

'भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ'

blog

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवम् अर्थविद् डा. स्वर्णिम वाग्ले

काठमाडौं, वैशाख ३१ गते। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवम् अर्थविद् डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताउनु भएको छ। 

आइतबार काठमाडौंमा आयोजित नक्कली भुटानी शरणार्थीसम्बन्धी बहस कार्यक्रममा बोल्दै उहाँले सो प्रकरणमा मुछिएका सबैलाई प्रहरीको अनुसन्धानको दायरामा ल्याउन ध्यान दिनुपर्ने बताउनुभएको हो। 

अपराध करार गर्ने भन्दा पनि ती पात्रलाई सोधखोजका लागि अनुसन्धानको दायरामा ल्याउनुपर्ने उहाँको भनाइ छ। सांसद वाग्लेले सो प्रकरण संगठित अपराध भएकाले अब नेपाल प्रहरीले अनुसन्धान गर्ने क्रम सात दिन बाँकी रहेकाले त्यसमा सबैले सहयोग गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो। उहाँले आफ्नो पार्टीको जोड पनि त्यतै रहेको स्पष्ट पार्नुभयो। 

सांसद वाग्लेले सो प्रकरणमा अमेरिकी विदेश मन्त्रालय, संयुक्त राष्ट्रसंघीय निकाय र नेपालस्थित अमेरिकी दूतावासको चासो रहनु स्वभाविकै हुने बताउनुभयो। यो प्रकरणलाई ठगी, किर्ते, मानव तस्करी, अन्तर्राष्ट्रिय संगठित अपराध र राजद्रोहमा तहको रुपमा लिनुपर्ने उहाँको भनाइ छ। 

सांसद वाग्लेले भन्नुभयो, ‘अमेरिकामा एक लाख १० हजार भुटानी शरणार्थी जानु भएको हुनाले त्यहाँको विदेशमन्त्री, यहाँको स्थानीय राजदूतको चासो रहला नै। अहिलेलाई मेरो बुझाइमा नेपाल प्रहरीको ६० दिने अनुसन्धानको क्रममा छ। त्यो अनुसन्धान र्‍यापअप हुन अब ७/८ दिन बाँकी छ। नाम आएका, पोलिएकालाई कम्तिमा सोधखोजका लागि  ल्याउनु प¥यो। अहिले नै अपराधी करार गर्ने होइन। तर नाम आइसकेपछि कम्तीमा पनि त्यो सोधखोजका लागि पनि ती नाम आएका पात्र लिएर आउनु पर्छ।’’

सांसद वाग्लेले भ्रष्टाचारको स्वरुप बदलिएर पैसाबाट सेयर हुँदै अहिले सुन र हिरामा परिणत भएको स्मरण गराउनुभयो।