• १२ साउन २०८१, शनिबार

जसपाको विधान अधिवेशनका लागि प्रतिनिधि निर्धारण

blog

फाइल तस्बिर

काठमाडौं, वैशाख ३१ गते। जनता समाजवादी पार्टी (जसपा)ले असारमा हुने भनिएको विधान अधिवेशनका लागि जम्मा ७७८ प्रतिनिधि सङ्ख्या निर्धारण गरेको छ। 

जसपा केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले आइतबार विज्ञप्ति जारी गर्दै विधान अधिवेशनमा प्रतिनिधित्व गर्ने पार्टी समिति, जनवर्गीय सङ्गठन तथा भ्रातृ संगठनले चयन गर्नुपर्ने प्रतिनिधिको सङ्ख्या तय भएको जानकारी दिनुभएको हो। 

 केन्द्रीय समिति सदस्य ४२३, सात प्रदेशको तर्फबाट ४९, दश वटा राष्ट्रिय समितिबाट ५०, तीन वटा विशेष समितिबाट १२, जिल्ला समितिका १३५ सदस्य निर्धारण गरिएको हो। 

उहाँले पाँच महानगरका पाँच जना, समाजवादी ट्रेड युनियन महासंघका दुई, मधेश प्रदेश समितिलाई पाँच प्रतिनिधि थप गरिएको जानकारी दिनुभयो। 

कोशी प्रदेशका जिल्ला समितिमध्ये धनकुटा, मोरङ र सुनसरीमा थप एक÷एक, लुम्बिनी प्रदेशको जिल्ला समितिमध्ये नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँकेमा थप एक/एक र मधेश प्रदेशका आठ वटा जिल्ला समितिमा दुई/दुई प्रतिनिधि थप गर्ने निर्णय भएको छ। 

केन्द्रीय समितिद्वारा थप दश जना प्रतिनिधि थप गर्ने तथा अन्य पार्टी समिति र भ्रातृ सङगठनबाट एक/एक जना प्रतिनिधि रहने जनाइएको छ।