• १२ साउन २०८१, शनिबार

एमाले सचेतक बर्तौलाको स्वास्थ्यमा सुधार

blog

हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत नेकपा (एमाले)का सचेतक महेश बर्तौला । तस्बिर सौजन्य : स्वकीय सचिव आशिष अस्लामी मगर

काठमाडौं, वैशाख ३१ गते। नेकपा (एमाले)का सचेतक महेश बर्तौला हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत हुनुहुन्छ। 

बर्तौलाको निजी सचिवालयका अनुसार उहाँको घाँटीमा टन्सिलको समस्याका लागि अनियन्त्रित ज्वरो आएको थियो। अहिले उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको सचिवालयको भनाइ छ। 

'अहिले स्वास्थ्य अवस्था सुधारोन्मुख छ। घाँटीमा टन्सिलको समस्या र ज्वरो बढेका कारण अस्पताल भर्ना गरिएको हो सुरुमा ज्वरो नियन्त्रण नहुँदा समस्या भएको थियो। अहिले ज्वरो नियन्त्रणमा आएको छ', उहाँको सचिवालयले भनेको छ।