• ११ मंसिर २०८१, मङ्गलबार

रियालिटी सो हुने

blog

काठमाडौँ, वैशाख ३० गते ।  एनपी मिडिया हाउसले बागमती प्रदेशका गायन तथा नृत्य प्रतिभाका लागि पहिलो पटक रियालीटी सो आयोजना गर्ने भएको छ। 

धादिङ, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, मन्थली, सिन्धुली, भक्तपुर र काठमाडौँमा चरणबद्ध रूपमा अडिसन गरिने भएको छ। नौ स्थानको अडिसनबाट छानिएका प्रतिभालाई काठमाडौँ ल्याएर डिजिटल अडिसन गरिने छ भने त्यसबाट छानिएकालाई रियालीटी सोमा सामेल गरिने छ। 

रियालिटी सोको अन्तिम प्रतिस्पर्धाबाट गायन र नृत्य विधामा विजयी बागमती गट ट्यालेन्टलाई पुरस्कारस्वरूप नगद एक लाख रुपियाँ तथा पहिलो उपविजेतालाई ३० हजार र दोस्रो उपविजेतालाई २० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ।