रुपन्देही समाचारदाता
रुपन्देही, वैशाख २७ गते । प्रदेश सरकारको योजना आयोगको उपाध्यक्षमा डा. नहकुल केसी नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा केसीलाई नियुक्त गरेको हो । मङ्गलबार बसेको मन्त्रीपरिषद्को बैठकले स्थानीय विकास विज्ञ डा. केसीलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिनुभयो । उपाध्यक्षमा नियुक्त केसी लामो समयदेखि स्थानीय विकासको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । उहाँले ग्रामीण तथा स्थानीय विकासमा विद्यावारिधि गर्नुभएको छ । आयोगको अध्यक्ष मुख्यमन्त्री रहने व्यवस्था छ ।