• ११ मंसिर २०८१, मङ्गलबार

ललितकलामा ‘चलचित्र र क्यानभास’

blog

काठमाडौँ, वैशाख २५ गते  । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा आइतबार ‘चलचित्र र क्यानभास’ विषयक अन्तर्क्रिया सम्पन्न भएको छ । कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ‘चित्रकलामा चलचित्र र चलचित्रमा चित्रकला’ विषयमा आफ्नो धारणा राख्नुभयो । उहाँले कार्यव्रmमपछि आफू पुन जागृत भएर चित्र रचना गर्नेतर्फ अग्रसर हुने बताउनुभयो ।

चलचित्रकर्मी नीर शाहले क्यानभास आफैँमा अनेकथरी अर्थ बोकेको वस्तु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसको प्रारम्भिक स्वरूप सेतो हुन्छ । त्यहाँ जसले जे गर्दा पनि हुन्छ । जुन पेन्टिङलाई तपाईंहरू अमूर्त भन्नुहुन्छ, त्यसको पराकाष्ठा नै क्यानभास हो ।” प्रत्येक रङको एक किसिमको प्रतिकात्मक बुझाइ हुने भन्दै उहाँले चलचित्रकर्मीले रङलाई कोरा रङकै रूपमा मात्र बुझ्न नहुने धारणा राख्नुभयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले चलचित्रलाई साहित्य, कला र सङ्गीतको समुच्च विधाका रूपमा व्याख्या गर्नुभयो । 

उहाँले भन्नुभयो, “यो विधामा ललितकलाको पनि उपस्थिति रहेको हुन्छ तर यसमा त्यति बहस भएको देखिन्न । त्यसैलाई सम्बोधन गर्न हामीले कार्यव्रmम गरेका हौँ ।”

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले चलचित्र पनि ललितकलाको विधामा पर्ने बताउनुभयो । प्रतिष्ठानले राम्रो विषयको उठान गरेको भन्दै उहाँले आगामी दिनमा पनि यस्ता विषयमा छलफल गर्न जरुरी भएको धारणा राख्नुभयो । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले कार्यव्रmम समापन गर्दै आगामी दिनमा पनि यस विषयमा 

बहस गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “तपाईंहरू क्यानभासमा रङ भर्नुहुन्छ । हामी दृश्यलाई पर्दामा देखाउँछौँ ।”